दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा वडा नम्बर ८ अवस्थित गलैनाथ माध्यमिक विद्यालय झरकाँडाका पूर्व प्रध्यानाध्यापक एंव नेपाल सरकारबाट उत्कृष्ट विज्ञान शिक्षक पदकबाट सम्मानित जयधन जोशी उमेर हदका कारण आजबाट अनिवार्य अवकाश हुनुभएको छ ।
शिक्षक सेवा आयोगबाट २०४७ साल जेठ १ गतेबाट माध्यमिक तह तृतीय श्रेणीमा नियुक्त्त जोशीलाई माघ २१ गते बाट अनिवार्य अवकास लागु भएको गलैनाथ माध्यमिक विद्यालयले जनाएको छ ।
विगत १८ वर्षदेखी सोही विद्यालयमा कार्यरत जोशीले २०७१ पुष २० गतेबाट प्रध्यानाध्यापकको जिम्मेवारी सम्हालेका थिए । जोशी नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको उत्कृष्ट विज्ञान शिक्षक २०८१ को उपाधीबाट सम्मानित हुनुभएको थियो ।
जोशीको अवकासको पूर्वसन्धयामा हिजो गलैनाथ माध्यमिक विद्यालय झरकाँडाको ६५ औँ वार्षिकोत्सब समारोहको अवसरमा शैल्यशिखर नगरपालिकाले जोशीको सेवानिवृत जिवनको शुभकामना व्यक्त गर्दै खादा माला र मायाको चिनो सहित सम्मान गरेको थियो । विद्यालयले भने केही दिनपछि मात्रै उहाँको विदाई गर्ने बताएको छ ।






प्रतिक्रिया