दार्चुला । अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) संगठन विस्तार अभियानमा जुटेको छ ।
बुधबार (आज) अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष नरेन्द्र प्रसाद जोशीको उपस्थितिमा लटिनाथ क्याम्पस मार्मामा रुकेश सिह विष्ट संयोजक र अन्जु धामी सह संयोजक रहने गरि ८ सदस्यिय क्याम्पस सम्मेलन आयोजक कमिटी गठन गरिएको अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिनिभयो ।
सम्मेलन आयोजक कमिटीको प्रथम बैठकले आगामी फागुन पहिलो साताभित्र क्याम्पस सम्मेलन र स्नातक तह प्रथम वर्षका नव आगन्तुक विद्यार्थीको स्वागत कार्यक्रम गर्ने निर्णय गरेको पनि जोशीेले जानकारी दिनुभयो ।
यस्तै महाकाली नगरपालिका वडा नम्बर ९ मा रहेको राष्ट्रिय क्याम्पस दत्तुमा पनि हिरा धामीको अध्यक्षतामा १३ सदस्यीय क्याम्पस कमिटी गठन गरिएको छ ।
कमिटीको उपाध्यक्षमा पृया टमटा, सचीवमा पर्वती भाट, सह सचिवमा कल्पना चैसिर र कोषाध्यक्ष कमला क्षेत्री चयन भएको अनेरास्ववियु दार्चुलाका संगठन विभाग प्रमुख खडक सिंह ठगुन्नाले जानकारी दिनुभयो ।
आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचन र अनेरास्ववियुले संचालन गरेको दुहुँ–लेकम– मार्मा विद्यार्थी प्रतिभा पहिचान तथा जागरण अभियानमा क्याम्पस स्तरिय कार्यक्रम संचालन तथा व्यवस्थापन गर्न क्याम्पस कमिटी गठन गरिरहेको अध्यक्ष जोशीले बताउनुभयो ।
भोली बिहिवार मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ मा रहेको शंकरपुर क्याम्पस पस्तीमा क्याम्पस कमिटी गठन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।





प्रतिक्रिया