हुनैनाथ मन्दिर औतालेक र लटिनाथ मन्दिर जयपुरमा पुजन जात्रा सम्पन्न, भक्तजनको भिड

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ मा अवस्थित हुनैनाथ मन्दिर औतालेक र लेकम गाउँपालिका वडा नम्बर ५ मा अवस्थित लटिनाथ मन्दिर जयपुरमा पुजन जात्रा सम्पन्न भएको छ । हुनैनाथ मन्दिर औतालेक र लटिनाथ मन्दिर जयपुरमा माघ शुक्ल अष्टमीको अवरमा लाग्ने पुजन जात्रा बुधबार सम्पन्न भएको हो ।

पुजन जात्रामा दार्चुलाका विभिन्न गाउँका साथै जिल्लाबाहिरका समेत श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको थियो । अष्ठमी जात्राको अवसरमा सयौँ भक्तजनले हुनैनाथ मन्दिर औतालेकमा पुजाआराधाना गरेका छन् । यस्तै लटिनाथ मन्दिर जयपुरमा पनि पुजन जात्रा सम्पन्न भएको स्थानीय मोहनदेब बिष्टले बताउनुभयो ।

औतालेक, जयपुर र धुरामा भदौ शुक्ल पक्ष, कात्तिक शुक्ल पक्ष र माघ शुक्ल पक्षको अष्ठमी तिथिमा पुजन जात्रा लाग्ने गरेको छ । जयपुर मन्दिरमा पुजन जात्रा अष्ठमी तिथिमा लागेपनि कात्तिक महिनाको रात्री जात्रा भने नवमी तिथिमा लाग्ने गरेको छ । माघ शुक्ल अष्ठमीको जात्रा श्रद्धालु भक्तजनले पुजाआराधारा गरि मनाएका हुन् ।

देशभूमिका रुपमा चिनिने लेकम क्षेत्रका मठमन्दिर तथा शक्तिपिठहरुमा श्रद्धालु भक्तजनहरुले विभिन्न महिनाका तिथिमितिमा पुजाआराधाना गर्ने गरेका छन् । लेकम क्षेत्रका धेरै ठाउँमा मालिकार्जुन, लटिनाथ, हुनैनाथ लगायत विभिन्न देबीदेवताका दर्जनौँ मन्दिर रहेका छन् । मन्दिरमा चोखोभोको भई पुजाआजा गर्नाले मनोकामना पुरा हुने जनविश्वास रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?