बैतडी । बैतडीमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।
जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ६ रोसिरगा बस्ने ७२ वर्षीय हरिदत्त जोशीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घर नजिकै रहेको जङ्गलमा बुधवार बाख्रा चराउन गएका जोशी भिरबाट लडेर गम्भीर घाइते हुनुभको थियो ।
उपचारको लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए । जोशी भिरबाट अन्दाजी ७०० मिटर तल खसेको प्रहरीले जनाएको छ।





प्रतिक्रिया