संसद्का दुवै सदनको बैठक बस्दै

दार्चुला । संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिसभाको बैठक आज बस्दै छ ।

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रिसभाको बैठक दिउँसो सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा बैठकबाट अध्यादेश पारित गर्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ । यसका साथै अध्यादेशलाई अस्वीकार गर्न पेस भएका प्रस्तावहरुलाई पनि प्रस्तुन गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधि सभामा सत्तापक्षको बहुमत भएकाले त्यहाँबाट अध्यादेश सजिलै पास हुनेछ । राष्ट्रिय सभामा भने सत्तारूढ दलहरूले मात्रै बहुमत नपुग्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले उपेन्द्र यादवको साथ खोजेका छन् । यसबारेमा भने यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले आज निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?