विपीन जोशीको रिहाइका लागि पहल गर्न अरब संसद्का अध्यक्षलाई सभामुखको पत्र

दार्चुला । सभामुख देवराज घिमिरेले प्यालेस्टिनी विद्रोही समूह हमासबाट अपहरित नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गर्न अरब संसद्का अध्यक्षलाई पत्र पठाउनुभएको छ ।

अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेख्दै सभामुख घिमिरेले विपीनको सकुशल रिहाइका निम्ति पहल गरिदिन आग्रह गर्नुभएको हो । नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले गएको आइतवार सभामुखसँगको भेटमा विपीनको रिहाइका लागि संसदीय कूटनीतिसमेत प्रयोग गर्न सकिने सुझाव दिनुभएको थियो ।

यसैबीच परराष्ट्रमन्त्री डाःआरजु राणा देउवाले जोशीको रिहाइका लागि पहल गर्न इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोन संवाद गर्नुभएको छ ।

इजरायल र हमास लडाकू समूहबीच पछिल्लो पटक युद्धविराम भएपछि बन्धकलाई मुक्त गर्ने प्रक्रिया चलिरहेको छ । कञ्चनपुरका विपीनको रिहाइका लागि नेपाल सरकारले गएको वर्षदेखि नै कूटनीतिक प्रयास गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?