दार्चुला । दार्चुलाको ब्याँस गाउँपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनको तेस्रो गाउँअधिवेश सम्पन्न भएको छ ।
शनिबार गौर सिंह धामीको अध्यक्षतामा नयाँ समिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा मन्जु धामी, महिला उपाध्यक्षमा नारा कुवर, सचिवमा दिपेन्द्र बहादुर बम, सह-सचिवमा धनमाया भट्ट र कोषाध्यक्ष आनन्द ओझा ब्राह्मण चयन हुनुभएको नवनिर्वाचित सचिव दिपेन्द्र बहादुर बमले जानकारी दिनुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन ब्याँस गाउँपालिकाका निवर्तमान अध्यक्ष पदमराज भट्टको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मंगल सिंह धामी प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रमको सञ्चालन संगठनका निवर्तमान सचिव भवान दत्त भट्टले गर्नुभएको नवनिर्वाचित सचिव बमले जानकारी दिनुभयो ।





प्रतिक्रिया