दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने भएको छ । ४० बर्षमाथिका विपन्न एकल र विधुर पुरुषलाई भत्ता दिइने गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो।
गाउँपालिकाले चालु आर्थिक बर्षमा विपन्न एकल पुरुषलाई निर्वाह भत्ता प्रदान गर्नका लागि ५ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको पनि उहाँले बताउनुभयो ।
गाउँपालिकाले भत्ता वितरण प्रयोजनका लागि निवेदन आह्वान गरिसकेको छ । शुक्रबार एक सूचना जारी गर्दै गाउँपालिकाले १५ दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको छ ।
आर्थिक रुपले विपन्न एकल पुरुषहरुको जिविकोपार्जनमा टेवा पुर्याउनका लागि भत्ता दिने तयारी भएको गाउँपालिकाले जनाएको छ । ४० बर्षमाथिका एकल र बिधुर पुरुषले वडाको सिफारिश सहित सम्बन्धित वडामै निवेदन पेश गर्न सक्ने गाउँपालिकाले जनाएको छ ।





प्रतिक्रिया