नेपाल राष्ट्रिय शिक्षक संगठन दुहुँको अध्यक्षमा नरेन्द्रदेव जोशी चयन

दार्चुला । नेपाल राष्ट्रिय शिक्षक संगठन दुहुँ गाउँपालिकाको तेस्रो गाउँ अधिबेशन सम्पन्न भएको छ ।

शनिबार दुहुँ गाउँपालिकाको सभाहलमा सञ्चालन भएको अधिबेशनमा नरेन्द्रदेव जोशीको अध्यक्षतामा २५ सदस्यीय नयाँ समिति गठन गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन दुहुँ गाउँपालिकाका निर्वतमान अध्यक्ष धन सिंह महराले जानकारी दिनुभयो ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा मधु बम र महिमन सिह लोथ्याल चयन हुनुभएको छ । त्यस्तै सचिवमा नरेन्द्र धामी, सह सचिवमा देवकी बोहरा, कोषाध्यक्षमा उत्तम सिह बडाल र सह कोषाध्यक्षमा रुक्मणी जोशी चयन हुनुभएको उहाँले बताउनुभयो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन दुहुँ गाउँपालिका समितिका निवर्तमान अध्यक्ष धन सिंह महराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य गौरी बडालको प्रमुख आतिथ्यमा रहेको थियो । त्यस्तै कार्र्यक्रममा नेकपा एमाले दुहुँ गाउँपालिका इन्चार्ज देव बहादुर बम, दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल र नेकपा एमाले दुँहु गाउँ कमिटी अध्यक्ष उदय सिंह बडाल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन शिक्षक डबल सिह ऐरीले गर्नुभएको थियो । अधिबेशनमा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिा कोषाध्यक्ष राम सिह धामीले नयाँ कार्यसमितिलाई सपथ  ग्रहण गराउनुभएको निवर्तमान अध्यक्ष महराले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?