दार्चुला । नेपाल राष्ट्रिय शिक्षक संगठन शैल्यशिखर नगरपालिकाको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ ।
शनिबार नगरपालिकाको वडा नम्बर ९ गोकुलेश्वरमा सम्पन्न तेस्रो अधिवेशनबाट विष्णुदत्त पाण्डेयको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा गोकर्ण जोशी र महिला उपाध्यक्षमा कौशिला जोशी सर्वसम्मत चयन हुनुभएको छ। त्यस्तै सचिवमा नरेश दत्त जोशी, सह-सचिवमा मनिराज जोशी, कोषाध्यक्षमा अकबर दत्त जोशी र सह-कोषाध्यक्षमा सुमन जोशी चयन हुनुभएको छ ।





प्रतिक्रिया