दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा आइतवार (आज) बाट प्रि-एसइइ टेष्ट परिक्षा सुरु भएको छ।
शैक्षिकसत्र २०८१ मा कक्षा १० मा अध्ययनरत गाउँपालिका भित्रका विद्यार्थीहरुका लागि प्रि-एसइइ टेष्ट परिक्षा आजबाट सञ्चालन गरिएको गाउँपालिकाका शिक्षा शाखा संयोजक लोकेन्द्र बहादुर बमले जानकारी दिनुभयो । राष्ट्रिय परिक्षा बोर्डद्वारा अगामी चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परिक्षा (एसइइ )२०८१ को तयारीका लागि टेष्ट परीक्षा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
आइतवार आजबाट सुरु भएको परिक्षा आउँदो फागुन ३ गतेसम्म सञ्चालन हुने छ । पालिका भरिका विद्यालयहरुको एउटै परीक्षा केन्द्र धारीपाटा माध्यमिक विद्यालय धारीमा परिक्षा सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो। विद्यार्थीहरुमा रहेको डर, त्रास, संकोच हटाइ परिक्षा प्रति उत्साह र अभिरुचिपूर्वक स्वतन्त्र ढंगले माध्यमिक शिक्षा परिक्षा एइइमा सहभागी हुने वातावरण सिर्जना गर्न टेष्ट परीक्षा सञ्चालन गरिएको उहाँको भनाई छ ।
हरेक दिन परिक्षा सकिए लगत्तै उत्तरपुस्तिका परिक्षण गरि नतिजा तयार गरिने छ । परिक्षाबाट प्राप्त नतिजाको सरोकारवाला पक्षहरुको बिचमा समिक्षा सहितको छलफल गरि, विद्यार्थीहरुको कमजोरी पत्ता लगाई एसइइ २०८१ को नतिजामा सुधार गर्न विद्यालयहरुमा १ महिने सघन तयारी कक्षा सञ्चालन गरिने उहाँले बताउनुभयो ।
परीक्षामा गाउँपालिका भरिका एसइई परिक्षामा सहभागि हनुे ७८ जना विद्यार्थी सहभागि रहेका छन् ।





प्रतिक्रिया