बझाङका दुई युवाको भारतको बेंगलुरुमा डुबेर मृत्यु

दार्चुला । भारतको बेंगलुरुमा पौडी खेल्ने क्रममा डुबेर बझाङका दुई युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा केदारस्यूँ गाउँपालिका वडा नम्बर ७ का २२ वर्षीय वीरेन्द्र विक र वडा नम्बर ९ सेकूका २४ वर्षीय विनय विक रहेका छन्।

स्थानीय प्रमानन्द चिमाडीका अनुसार उनीहरू रोजगारीको सिलसिलामा भारतको बेंगलुरुमा थिए। शनिबार दिउँसो पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएका थिए।

प्रहरी स्रोतका अनुसार घटनास्थलमा स्थानीय प्रशासनले अनुसन्धान सुरु गरेको छ। नेपाली दूतावासलाई पनि घटनाबारे जानकारी गराइएको छ।

परिवारजनले दुःख व्यक्त गर्दै उनीहरूको शव नेपाल फर्काउन प्रक्रिया सुरु गरिएको जनाएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?