उद्यम विकास संयोजक अवस्थीको निधन, मालिकार्जुन गाउँपालिकामा शोक विदा

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका सोमबार (आज) शोक विदा दिइएको छ। गाउँपालिकामा कार्यरत उद्यम विकास शाखा प्रमुख जगदीश अवस्थीको निधनमा आज गाउँपालिकामा शोक विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताउनुभयो । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै गाउँपालिका भित्रका अत्यावश्यक बाहेकका कार्यालयहरु बन्द रहने जानकारी दिएको छ।

मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ डाडाकोट घर भएका गाउँपालिकाका उद्यम विकास संयोजक तथा नेपाल निजामती कर्मचारी संगठन मालिकार्जुनका अध्यक्ष अवस्थीको गाडीले ठक्कर दिदा ज्यान गएको हो । समाजसेवी अवस्थीको अल्पायुमै भएको निधनप्रति धेरै जनाले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

भारतको प्रयागराजमा लागेको कुम्भमेलामा सहभागी हुन आमासहित जादैगरेका अवस्थीको लखनउमा गाडीले ठक्कर दिएर मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । आफू सवार गाडीबाट झरेको बेला सडकमा अर्को गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भइ अस्पताल लगेका अवस्थीलाई डाक्टरले मृत घोषणा गरेको बताइएको छ । अवस्थीको निधनमा गाउँनै शोकमा डुबेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?