दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर २ मा बालप्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा वडा नम्बर २ मा वडा स्तरीय बाल प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको हो । वडा नम्बर २ मा रहेको महादेव माध्यमिक विद्यालय घुसामा विभिन्न कार्यक्रम सञ्चालन गरि बाल प्रतिभा पहिचालन कार्यक्रम सम्पन्न भएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक मदनराज जोशीले जानकारी दिनुभयो ।
गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विरेन्द्र सिंह साउदको अध्यक्षता तथा गाउँपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष राम सिंह धामीको प्रमुख आतिथ्यमा संचालन भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । बाल प्रतभा पहिचान कार्यक्रममा वडा नम्बर २ मा रहेका आधारभूत तह (कक्षा १–५) स्तरीय हिसाब दौड प्रतियोगिता, स्पेलिङ कन्टेस्त र नेपाली हिज्जे लेखन प्रतियोगिता सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान गर्न सफल सम्पुर्ण विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमहरुले विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटन हुनुका साथै विद्यार्थीहरुमा प्रतिस्पर्धाको धारणा विकास हुने विश्वास रहेको उहाँले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया