शैल्यशिखरको गलैनाथ मावि झरकाँडाका निवर्तमान प्रधानाद्यापक जयधन जोशीको विदाई

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा वडा नम्बर ८ मा रहेको गलैनाथ माध्यमिक विद्यालय झरकाँडाका निवर्तमान प्रधानाद्यापक जयधन जोशीको विदाई गरिएको छ । उमेर हदका कारण अनिवार्य अवकास भएका शिक्षक जोशीको सोमबार एक कार्यक्रमका बिच विदाइ गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनराम जोशीको अध्यक्षतामा सञ्चालन भएको विदाइ समारोहमा शैल्यशिखर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष केशव दत्त जोशीको प्रमुख आतिथ्यता रहेको थियो । विदाई समारोहमा बोल्दै वडा अध्यक्ष जोशीले सेवा निवृत्त प्रधानाध्यापक जोशीलाई विद्यालय परिवारले सधै स्मरण गर्ने बताउनुभयो । उहाँले विद्यालयलाई गरेको योगदान स्मरण योग्य छ, उहाँले भन्नुभयो, त्यस्को लागी विद्यालय परिवारले उहाँलाई सधै सम्झिने छ । सेवा निवृत्त प्रधानाध्यापक जोशीले आफ्नो सेवा निवृत्त जीवनमा पनि विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । १८ बर्ष २ महिना सम्म म यो विद्यालयमा कार्यरत रहे, उहाँले भन्नुभयो, यो अवधिमा विद्यालयको शैक्षिक र भौतिक अवस्था सुधार गर्न सहयोग गर्ने सम्पूर्ण शिक्षक, अभिभावक, विद्यार्थीहरुलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु । १० बर्ष २ महिना सम्म विद्यालयको प्रधानाध्यापक भएर काम गर्नुभएका जोशीले विद्यालयको शैक्षिक र भौतिक अवस्था सुधारमा महत्तपूर्ण भूमिका खेलेको विव्यस अध्यक्ष जोशीले बताउनुभयो ।

यस्तै सेवा निवृत्त प्रधानाध्यापक जोशीले विद्यालयमा छात्रबृत्ती अक्षय कोषको स्थापना गर्नुभएको छ। प्रधानाध्यापक जोशीले अहिले २५ हजारको अक्षयकोष स्थापना गरेको विव्यस अध्यक्ष जोशीले जानकारी दिनुभयो । उक्त अक्षयकोषमा प्रतेक बर्ष १२ हजारका दरले थप्ने गरी प्रधानाध्यापक जोशीले अक्षयकोषको स्थापना गरेको बताइएको छ । अक्षयकोषको ब्याजबाट विद्यालयमा अध्यरत विद्यार्थीहरु मध्ये विज्ञान विषयमा उकृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छाबृत्ती प्रदान गरिने उहाँले बताउनुभयो ।

शिक्षक सेवा आयोगबाट २०४७ साल जेठ १ गतेबाट माध्यमिक तह तृतीय श्रेणीमा नियुक्त जोशीलाई माघ २१ गते बाट अनिवार्य अवकास लागु भएको थियो । विगत १८ वर्षदेखी सोही विद्यालयमा कार्यरत जोशीले २०७१ पुस २० गतेबाट प्रध्यानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएको थियो । जोशी नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको उत्कृष्ट विज्ञान शिक्षक २०८१ को उपाधीबाट समेत सम्मानित हुनुभएको थियो ।

विदाई समारोहमा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
विद्यालयको तर्फबाट सेवा निवृत्त प्रधानाद्यापक जोशीलाई प्रशंसा प्रत्र प्रदान गरि सम्मान सहित सेवा निवृत्त जीवनको शुभकामना प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक विर सिंह भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?