दार्चुलाको लेकममा सामाजिक सुरक्षा भत्ता वितरण शिविर सम्पन्नः ७२५ जनाले सेवा पाए

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा सञ्चालन भएको सामाजिक सुरक्षा भत्ता वितरण शिविर सम्पन्न भएको छ । माघ २३ गते देखि सञ्चालन भएको शिविर सोमबार सम्पन्न भएको गाउँपालिकाका एमआईएस अपरेटर प्रकास राज विष्टले जानकारी दिनुभयो ।

गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार माघ २३ गते गाउँपालिकाको वडा नम्बर ३ लालीबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता वितरण शिविर गाउँपालिकाका ५ वटा वडाहरुमा सञ्चालन गरिएको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिको सामाजिक सुरक्षा भत्ता वितरण शिविरमा ५ वटै वडाका ७२५ जनाले सेवा लिएको उहाँले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको वडा नम्बर १ सर्मोलीमा सञ्चालन भएको शिविरमा ९५ महिला र ५० जना पुरुष गरि १ सय ४५ जनाले सामाजिक सुरक्षा भत्ता बुझेका छन । त्यस्तै वडा नम्बर २ कुणीमा १ सय ४५ जना महिला र ९० जना पुरुष गरि २ सय ३५ जना, वडा नम्बर ३ लालीमा ५० जना महिला र ४८ पुरुष गरी ९८ जनाले सामाजिक सुरक्षा बुझेका छन् । वडा नम्बर ४ खरकडामा ९० जना महिला र ५५ जना पुरुष गरी १ सय ४५ जना र वडा नम्बर ६ उचाकोटमा ७८ जना महिला र ३४ पुरुष गरी १०२ जनाले शिविरबाट सामाजिक सुरक्षा भत्ता बुझेका छन् ।

लेकम गाउँपालिकाको वडा नम्बर ५ चौपातामा भने बैंक बाटै सामाजिक सुरक्षा भत्ता वितरण हुने एमआईएस अपरेटर विष्टले बताउनुभयो । अन्य वडाका नागरिकलाई बैंक सम्म आउन समस्या हुने भएकोले गाउँघरमै पुगेर भत्ता वितरण गरिएको उहाँले बताउनुभयो । वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बुझ्न पाएपछि लाभग्राही खुसी भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?