दार्चुला । कञ्चनपुरको भीमदत्त नगरपालिका- १२ स्थित भाइरल रोडमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। सोमवार साँझ पौने ८ बजे तिर भाइरल रोडमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश ०१०१२ प ९२४९ नम्बरको मोटरसाइकल दोधराबाट महेन्द्रनगरतर्फ आउदै गरेको अवस्थामा अनियन्त्रित भएर रोडको बिच डिभाईजरमा रहेको विद्युत् पोलसँग ठोक्किएर दुर्घटना हुँदा चालक भीमदत्त नगरपालिका- १६ बस्ने २१ वर्षीय कैलाश सिह साउँद र पछाडी सवार भीमदत्त नगरपालिका-१३ बडैपुर बस्ने २२ वर्षीय गणेश विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?