दार्चुला । नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललित सिंह माथि चक्कु प्रहार भएको छ। सोमबार राति करिब ११ः३० बजे सदरमुकाम चैनपुर नजिक रहेको देविस्थान होटलमा बोलाएर विनोद कठायतको समूहले सिंहमाथि आक्रमण गरेको बताइएको छ।

घटनामा सिंहको आँखा माथिल्लो भागमा गम्भीर चोट लागेको छ। उहाँको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।

बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा २९ वर्षीय विनोद कठायत, २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाल रहेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार अभियुक्तहरूले मदिरा सेवन गरि सिंह माथि आक्रमण गरेको पाइएको छ।

अध्यक्ष सिंहले होटलमा बोलाएर उक्त समूहले आफूमाथि चक्कु प्रहार गरेको बताउनुभएको छ। घट्नाको थप अनुसन्धान भइरहेको बझाङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?