दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ३ को कार्यालयसम्म सडक विस्तार भएको छ। गाउँपालिकाले विषेश अनुदान अन्तरगतको ३५ लाख बजेटबाट गाउँपालिकाको वडा नम्बर ३ को वडा कार्यालय सम्म सडक निर्माण गरेको दुहुँ गाउँपालिकाका प्रवक्ता तथा ३ नम्बरका वडा अध्यक्ष देव बहादुर बमले जानकारी दिनुभयो ।

चालु आर्थिक बर्षको विषेश अनुदान अन्तरगतको ३५ लाख बजेटबाट दार्चुला-टिंकर सडकको सल्याडीमोड बाट वडा नम्बर ३ को धामीबोहरीगाउँ जोड्ने सडक निर्माण भइरहेको उहाँले बताउनुभयो । गाउँपालिकाका अन्य ४ वटा वडाहरुमा दार्चुला टिंकर सडकको पहुच रहेको भए पनि वडा नम्बर ३ को कार्यालयमा सडक पहुच रहेको थिएन । यो संगै दुहुँ गाउँपालिकाका सबै वडाहरुमा सडक विस्तार भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?