दार्चुला । बैतडीमा भीरबाट लडेर एक छात्रा गम्भीर घाइते हुनुभएको छ ।
जिल्लाको पाटन नगरपालिका वडा नम्बर –२ भुलकट्टेकी १६ वर्षीया सावित्री पाण्डेय बुधवार विहान विद्यालय जाने क्रममा भीरबाट लडेर घाइते हुनुभएको हो । नगरपालिकाको वडा नम्बर –२ स्थित सिद्धनाथ मावि सिलंगामा कक्षा १० मा अध्ययनरत पाण्डेय विद्यालय जाने क्रममा खेती भन्ने ठाउँमा बाटोबाट लडेर झण्डै ७० मिटर तल खोलामा खसेको विद्यालयका प्रधानाध्यापक लक्ष्मण बोहराले बताउनुभयो ।
घाईते छात्राको उद्धार गरेर सिलंगा स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल लगिएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया