दार्चुलामा अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि अभिमुखिकरण सम्पन्न

दार्चुला । दार्चुलामा अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ तथा शिक्षा नियमावली २०७७ सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक विकास कार्यालय दार्चुलाको आयोजनामा जिल्ला सदरमुकाम खंलगामा सरोकारवालाहरुसंग एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा महाकाली नगरपालिकाका शिक्षा अधिकृत हेमराज जोशीले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ तथा शिक्षा नियमावली २०७७ लगायतका विषयबस्तु जानकारी सहित प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा सहभागी हरुले विषयवस्तुमाथी छलफल गर्नुभएको थियो ।

कार्यक्रममा सामाजिक विकास कार्यालय दार्चुलाका कार्यालय प्रमुख रामचन्द्र ओझाको अध्यक्षता एंव दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै अभिमुखिकरणमा महाकाली नगरपालिकाकाका प्रमुख,उप–प्रमुख,महाकाली नगरपालिकाभित्रका विद्यालयका प्रध्यानाध्यापकहरु, गैर सरकारी सस्थाहरुका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, सञ्चारकर्मी लगायत सरोकारवालाहरुको आतिथ्यता रहेको थियो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?