दार्चुला । दार्चुलामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा गत आर्थिक बर्ष २०८०।०८१ को नतिजा अनुसार शैल्यशिखर नगरपालिका प्रथम भएको छ । भने स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा दार्चुलाका नौँ वटा स्थानीय तहमध्ये दुहुँ गाउँपालिका प्रथम भएको छ । स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्याङकन (फ्रा) को गत आर्थिक बर्ष २०८०।०८१ को नतिजा अनुसार जिल्लाको दुहुँ गाउँपालिका ९३.५ अंक सहित अग्रस्थानमा रहेको छ। त्यस्तै अपिहिमाल गाउँपालिकाको ९२.०५ अंक, मालिकार्जुन र नौगाड गाउँपालिकाको समान ९१.०५ अंक र महाकाकाली नगरपालिकाको ८२ अंक रहेको छ । त्यस्तै मार्मा गाउँपालिकाको ७७.०५ अंक, शैल्यशिखर नगरपालिकाको ७४ अंक, ब्याँस गाउँपालिकाको ६१ अंक र लेकम गाउँपालिकाको सबै भन्दा कम ५८.०५ अंक रहेको छ।
यस्तै दार्चुलामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा गत आर्थिक बर्ष २०८०।०८१ को नतिजा अनुसार शैल्यशिखर नगरपालिका प्रथम भएको छ । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत जिल्ला समन्वय समिति कार्यालय, दार्चुलाले जिल्लाका स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षणको नतिजा सार्वजनिक गरेको छ । स्थानीय तहको कार्य प्रकृया, उपलब्धी तथा विकासका कमजोर पक्षहरुको पहिचान गर्दै सुधारका लागि लिइने यो स्वमूल्याङ्कनका आधारमा दार्चुला जिल्लाका नौँ वटा स्थानीय तहमध्ये शैल्यशिखर नगरपालिका ९३ अंक सहित पहिलो स्थानमा रहेको छ, भने ६९.७५ अंक सहित लेकम गाउँपालिका पुछारमा रहेको छ । यस्तै मालिकार्जुन गाउँपालिका र दुहुँ गाउँपालिकाको समान ९२.७५ अंक रहेको छ । अपिहिमाल गाउँपालिकाको ९२ अंक, नौगाड गाउँपालिकाको ९१.२५ अंक, महाकाली नगरपालिकाको ८८.०५ अंक, व्याँस गाउँपालिकाको ८२ अंक, मार्मा गाउँपालिकाको ८० अंक रहेको छ। स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै प्रतिस्पर्धात्मक सुधारका लागि प्रेरित गर्ने उद्देश्यले लागू गरिएको लिजा प्रणालीको वितृत नतिजा बुधबार सार्वजनिक गरिएको हो ।
लिजा मूल्यांकनमा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायीक कार्य सम्पादन, भौतिक पुर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरी विभिन्न सूचकांकका आधारमा लिजाको मूल्यांकन गरिने गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।






प्रतिक्रिया