लेकमका ६ वटै वडामा एमालेको जरा कार्यक्रमः १२६ जना सम्मानित, १४ जना पार्टी प्रवेस

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाका ६ वटै वडाहरुमा नेकपा (एमाले) को तीन महिने वडा केन्द्रीत जरा अभियान शुभारम्भ भएको छ । तीन महिने वडा केन्द्रीत अभियान अन्तरगत जिल्लाका ६१ वडामै पुग्ने गरि परिचालन भएको एमाले दार्चुलाको मूल टोलीको कार्यक्रम विहिबार (आज) वडा नम्बर ६ उचाकोटमा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गर्दै सम्पन्न भएको छ ।

एमालेका वडा नम्बर ६ कमिटी अध्यक्ष कुमार सिंह खत्रीको अध्यक्षता एंव केन्द्रीय कमिटी सदस्य हरदेव जोशीको प्रमुख आतिथ्यता तथा जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको लेकम गाउँकमिटी सचिव पदम राज जोशीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला कमिटी, पालिका कमिटी पदाधिकारी र सदस्यहरुको आतिथ्यता रहेको थियो । स्थानीय कार्यकर्ताको सहभागिता रहेको कार्यक्रममा वडा नम्बर ६ भित्रका ६५ वर्षमाथिका १६ जना सक्रिय जेष्ठ सदस्यहरुलाई खादा र सम्मानपत्रसहित सम्मानित गरिएको उहाँले बताउनुभयो ।

एमालेले लेकमको वडा नम्बर १ मा १८ जना, वडा नम्बर २ मा १९ जना, वडा नम्बर ३ मा २४ जना, वडा नम्बर ४ मा १९ जना, वडा नम्बर ५ मा ३० जना र वडा नम्बर ६ मा १६ जनागरि लेकमभरीका पुराना तथा पार्टीमा लामो समय सक्रियतापुर्वक काम गरेका १२६ जनालाई खादा र मालासहित सम्मानित गरिएको जिल्ला कमिटी उपाध्यक्ष तथा लेकम इन्चार्ज परमानन्द जोशीले बताउनुभयो ।

यस्तै वडा नम्बर १ मा १ जना, वडा नम्बर २ मा ७ जना, वडा नम्बर ३ मा १ जना, वडा नम्बर ४ मा २ जना, वडा नम्बर ५ मा ३ जना गरी १४ जनाले विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेस गरेको उहाँले बताउनुभयो । नवप्रवेशीलाई अतिथिहरुले पार्टीमा स्वागत गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?