दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ मा रहेको केदारनाथ माध्यमिक विद्यालय धरमघरको ४९औं वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस उद्घाटन गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज भट्टको अध्यक्षतामा उद्घाटन गरिएको समारोहमा लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यता रहेको छ । गाउँपालिका उपाध्यक्ष माधवी जोशी, वडाअध्यक्षहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमी, शिक्षक, विद्यार्थी र अभिभावक लगायतको आतिथ्यता रहेको छ।
शुक्रबार उद्घाटन भएको वार्षिकोत्सव समारोह शनिबार (भोलि) सम्पन्न हुने विद्यालयले जनाएको छ।





प्रतिक्रिया