हुनैनाथ मावि देवथलीको ४१औं वार्षिकोत्सव सम्पन्न

दार्चुला । दार्चुलाको । शैल्यशिखर नगरपालिका वडा नम्बर ७ मा रहेको हुनैनाथ माध्यमिक विद्यालय देवथलीको ४१औं वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशबराज जोशीको अध्यक्षतामा  शुक्रबार आज उद्घाटन गरिएको कार्यक्रममा शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा शैल्यशिखर नगरपालिकाका उप– प्रमुख शान्ती खडायत, प्रशासकीय अधिकृत सुरेन्द्र बिष्ट, शिक्षा शाखा प्रमुख बल्देब भट्ट नेकपा एमालेका दार्चुलाका पूर्व जिल्ला अध्यक्ष रामदत्त जोशी वडा नम्बर ७ का वडा अध्यक्ष पुष्पराज जोशी, विभिन्न विद्यायका शिक्षक, विद्यार्थी, अभिभावक लगाय स्थानीयहरुको सहभागीता रहेको थियोे । कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक नवराज जोशीले विद्यालयको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

उहाँका अनुसार विद्यालयको कुल आय ४७ लाख ५१ हजार ७ सय ७७ रुपैयाँ रहेको छ भने सोहि अवधिमा ४७ लाख ५१ हजार ७ सय ७७ रुपैयाँ खर्च भएको छ । हाल विद्यालयको खातामा २ लाख २३ हजार रूपैयाँ बचत रहेको प्रध्यानाध्यापक जोशीले जानकारी दिनुभयो ।

वार्षिकोत्सव समारोहको अवसरमा विद्यालयमा अन्तरसदनात्मक हाजिरिजवाफ प्रतियोगिता र अभिभावकहरुको कुर्सी दौड प्रतियोगिता पनि सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?