बैतडीको डिलासैनी-५ नगराउँका चार घरमा चोरी

दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ नगराउँका ४ घरमा विहिबार राती चोरी भएको छ । गाउँपालिकाको वडा नम्बर ५ नगराउँका काशी गिरी, हरेन्द्र जोशी, रामदत्त जोशी र धनीदत्त जोशीको घरमा चोरी भएको डिलासैनी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष यज्ञराज भट्टले बताउनुभयो ।

स्थानीय काशी गिरीको घरमा रहेका कालिका मन्दिरका अन्दाजी १४ र ११ केजीका दुईओटा तामाका ताउली र हरेन्द्र जोशीको घरबाट अन्दाजी ११ केजीको तामाको ताउली, धनीदत्त जोशीको घरबाट अन्दाजी १३ केजीको तामाको ताउली चोरी भएको वडा अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

त्यस्तै रामदत्त जोशीको घरबाट पनि २ ओटा तामाका गाग्री चोरी भएको उहाँले बताउनुभयो । गाउँमा एकजनाको निधन भएपछि अन्य गाउँलेहरु त्यहाँ गएको मौका छोपी चोरी भएको उहाँले बताउनुभयो ।

गाउँमा चोरी भएको बिषयमा गोकुलेश्वर प्रहरीचौकीलाई जानकारी गराइसकिएको भएपनि अहिले सम्म चोर पत्ता लाग्न सकेको छैन् । गाउँमा चोरीका घटना भइरहेकाले आवश्यक सतर्कता अपनाउन सबै टोलबासीहरुलाई आग्रह गरिएको वडा अध्यक्ष भट्टले बताउनुभयो ।

यसका साथै चोरी गर्ने समूह तथा व्यक्तिको पहिचान भएमा नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा खबर गरिदिन समेत आग्रह गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?