दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले क्षयरोग परीक्षणको लागि शिविर सञ्चालन गर्ने भएको छ । स्वास्थ्य निर्देशनालय डोटी र जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको प्राविधिक सहयोग एंव मालिकार्जुन गाउँपालिकाको आयोजनामा क्षयरोग परीक्षण शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक रामसिंह खत्रीले जानकारी दिनुभयो ।
गाउँपालिकाका ३ वटा वडाहरुमा सञ्चालन हुने उक्त शिविरमा क्षयरोग सम्बन्धी लक्ष्यण देखिएका बिरामीहरुलाई एआई डिजिटल एक्सरेको माध्यमबाट परिक्षण गरिने उहाँले बताउनुभयो । अहिले गाउँपालिकाको वडा नम्बर २, ३ र ५ मा शिविर सञ्चालन हुनेछ।
फागुन ५ गते देखि ७ गते सम्म ३ वडाहरुमा शिविर सञ्चाल गरिने छ। जनस्वस्थ्य निरीक्षक खत्रीका अनुसार फागुन ५ गते गाउँपालिकाको वडा नम्बर २ भगवती स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने छ । त्यस्तै ६ गते वडा नम्बर ५को डाँडाकोट स्वास्थ्य चौकी र ७ गते गाउँपालिकाको वडा नम्बर ३ मा रहेको मालिकार्जुन स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




