नेपाल राष्ट्रिय शिक्षक संगठनको लेकममा महेशराज जोशीको नेतृत्वमा कमिटी चयन

दार्चुला । नेपाल राष्ट्रिय शिक्षक संगठन लेकम गाउँपालिकाको तेस्रो गाउँपालिका अधिवेशन नयाँ कमिटी चयन गर्दै सम्पन्न भएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन लेकम गाउँपालिका कमिटी अध्यक्ष चन्द देव भट्टको अध्यक्षता रहेको कार्यक्रममा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य नवराज आोझाको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशी, एमाले जिल्ला कमिटी उपाध्यक्ष एंव लेकम इन्चार्ज परमानन्द जोशी, शिक्षक संगठन लेकमका पूर्व अध्यक्ष केशव राज बिष्ट, नेकपा (एमाले) लेकम गाउँकमिटी सचिव पदम राज जोशी लगायतको बिशिष्ट आतिथ्यता रहेको थियो ।

अधिवेसनबाट महेशराज जोशीको अध्यक्षतामा १६ सदस्यीय लेकम गाउँपालिका कार्यसमिति गठन गरिएको छ । समितिको महिला उपाध्यक्षमा दुर्गा कलौनी, उपाध्यक्षमा दुर्गादत्त जोशी, सचिवमा हरिभक्त नाथ, सहसचिवमा इश्वरी जोशी, कोषाध्यक्षमा गोपालसिंह धामी, सहकोषाध्यक्षमा हरिना बिष्ट र सदस्यहरूमा नैनसिंह साउद, गणेशदत्त जोशी, परमानन्द जोशी, बिरसिंह बगाल, जयानन्द जोशी, हरिश नाथ, नवलसिंह खत्री, मंगला भट्ट र महेश गिरी चयन भएका छन् । सर्वसम्मत रूपमा चयन भएको नवनिर्वाचित समितिले सपथ ग्रहण समेत आजै गरेको अधिवेशन अध्यक्ष मण्डलका संयोजक तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश समिति सदस्य नवराज ओझाले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा हालसम्म संगठनमा योगदान गर्ने पूर्व गाउँकमिटी अध्यक्ष केशव राज बिष्ट, निर्वतमान गाउँकमिटी अध्यक्ष चन्ददेव भट्ट, कोषाध्यक्ष दिपक राम दमाई, सह– कोषाध्यक्ष मिना बोहरा र सदस्य कल्यान सिंह धामीलाई संगठनमा पुर्याएको योगदानको उच्च कदर गर्दै अविर दोसल्ला र प्रमाणपत्र सहित सम्मानित गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?