दुहुँको पिपलचौरी मावि बिणमा शैक्षिक अन्तरक्रिया तथा अभिभावक भेला सम्पन्न

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाका वडा नम्बर १ मा अवस्थित पिपलचौरी माध्यमिक विद्यालय बिणमा शैक्षिक अन्तरक्रिया तथा अभिभावक भेला सम्पन्न भएको छ ।

दुहुँ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक गुणस्तर सुधारका लागि जनप्रतिनिधि, शिक्षा शाखा, विद्यालय व्यवस्थापन समिती, शिक्षक अभिभावक संघ, शिक्षक, अभिभावक र विद्यार्थी सम्मिलित भेला तथा अन्तरक्रिया कार्यक्रम बिणमा सम्पन्न भएको दुहुँ गाउँपालिकाका शिक्षा शाखा प्रमुख लोकेन्द्र बहादुर बलमे जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी अभिभावक र विद्यार्थीहरुले विद्यालय शिक्षा सुधारका लागि सुझाव तथा प्रतिक्रिया राखेका छन । कार्यक्रममा वडा न १ का जनप्रतिनिधि, र अभिभावकहरुको उपस्थिति रहेको थियोे । विद्यालयका प्रधानाध्यापक राजेन्द्र सिह बोहराले विद्यालयको वर्तमान अवस्था र नतिजा सुधारका लागि विद्यालयले चालू शैक्षिकसत्रमा सञ्चालन गरेका प्रयासहरुबारे जानकारी गराएका छन ।

पिपलचौरी माध्यमिक विद्यालय बिणका शिक्षक अभिभावक संघका सदस्य अमर बहादुर बमको अध्यक्षतामामा सञ्चालन गरिएको कार्यक्रममा दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालको प्रमुख आतिथ्यता रहेको थियो । अन्तरक्रियालाई सम्बोधन गर्दै दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले निर्वाचित भएपछि शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी कक्षा १० सम्मको शिक्षा पुर्णरुपमा निशुल्क गरेको, बिषयगत र कम्प्युटर शिक्षकको व्यवस्था गरेको र पालिकास्तरीय परीक्षा सञ्चालन गरि सिकाइमा सुधार गर्ने नीति ल्याएको बताउनुभएको छ ।

कार्यक्रममा अभिभावकले विद्यार्थीहरुलाई नियमितरूपमा विद्यालय पठाउनु पर्ने, अनुपस्थित विद्यार्थी बारे जानकारी गराउने, विद्यार्थीलाई मोबाइल पूर्णरूपमा प्रतिबन्ध गराउने, गृहकार्य नियमित दिने र चेकजाँच गर्ने निर्णय गरेका छन् । त्यस्तै विद्यालय अनुगमनलाई प्रभावकारी बनाउने, नतिजा सुधारका लागि फागुनको महिनाभरि कोर्स रिभिजन तथा नमूना प्रश्नपत्र हल गराउने र विद्यालयले बोलाएको बेला अभिभावकहरुले अनिवार्यरुपमा उपस्थित हुनुपर्ने सामुहिक प्रतिबद्धता गरिएको छ ।

दुहुँ गाउँपालिकाको आयोजनामा पालिकाभरिका ५ वटै माध्यमिक विद्यालयहरुमा शैक्षिक अन्तरक्रिया तथा अभिभावक भेला कार्यक्रम सम्पन्न भएको पालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?