बैतडीको पाटनमा झुण्डिएको अवस्थामा महिला मृत फेला

दार्चुला । बैतडीमा एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ५ कुलडाकी अन्दाजी २६ बर्षीय चन्दा लुहार बाँजको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो ।

सोमबार साझ बन्सेला भन्ने जङ्गलमा लुहार झुण्डिएको अवस्थामा मृत फेला परेकी बताइएको छ । झुण्डिएको अवस्थामा लुहारको शव फेला परेपछि आफन्त र गाउँलेहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर गरेपछि घटना स्थल जाचबुच गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।

बाँजको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी लुहारको शव घटना स्थल जाचबुझ पछि पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । मृत्युको कारण भने खुली नसकेको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?