दार्चुला । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) दार्चुला बहुमुखी क्याम्पसले स्नातक तह प्रथम सेमेस्टरमा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा सामान्य स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलवार दार्चुला बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष कृष्ण धामीको अध्यक्षता एवं दार्चुला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नरेन्द्र राज अवस्थीको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा क्याम्पसका उप-प्राध्यापक, विभिन्न विद्यार्थी संगठनका प्रतिनिधि, स्वास्थ्यकर्मी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
शैक्षिक सत्र २०८१ मा स्नातक तह प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थी हरुलाई अवीर टीकाले स्वागत गरिएको स्ववियु दार्चुला बहुमुखी क्याम्पसका अध्यक्ष कृष्ण धामीले जानकारी दिनुभयो ।
यस्तै स्ववियुले आयोजना गरेको स्वागत कार्यक्रममा १ सय ३१ जना विद्यार्थीको सामान्य स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मर दत्त भट्ट सहितको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरेको अध्यक्ष धामीले बताउनुभयो ।





प्रतिक्रिया