अपिहिमाल गाउँपालिकामा १० वर्षे शिक्षा योजना निर्माण सम्बन्धि छलफल सम्पन्न

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाको १० वर्षे शिक्षा योजना निर्माण सम्बन्धमा सरोकारवालाहरु सँगको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अपिहिमाल गाउँपालिकाको १० वर्षे शिक्षा योजना मस्यौदा समितिका संयोजक एवं गाउँपालिका प्रवक्ता रविन्द्र सिंह बोहराको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष भक्त सिंह ठेेकरे बोहराको प्रमुख आतिथ्यताका साथै गाउँपालिका उपाध्यक्ष देबकी देवी बोहराको बिशिस्ट आतिथ्यता, वडा नम्बर ३ का वडा अध्यक्ष गगन सिंह कार्की, वडा नम्बर ५ का अध्यक्ष राजेन्द्र सिंह धामी, वडा नम्बर ६ अध्यक्ष धर्म सिंह धामी, शिक्षा अधिकृत विरेन्द्र सिंह साउद गाउँ कार्यपालिकाका सदस्यहरू, गाउँ शिक्षा समितिका सदस्यहरु, वि.व्य.स. अध्यक्षहरु, प्रधानाध्यापकहरुका साथै शिक्षा सम्वद्ध विभिन्न स्थानीय व्यक्तिहरुको सहभागीतामा छलफल गरिएको कार्यक्रमका सञ्चालक तथा प्राविधिक सहायक मदन राज जोशीले बताउनुभयो ।

कार्यक्रममा शिक्षा क्षेत्रका समस्या,चुनाैती, भावि योजना लगायतका विषयमा सरोकारवाला सित गहन छलफल तथा अन्तरक्रिया संचालन भएको अपिहिमाल गाउँपालिका प्राविधिक सहायक मदन राज जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?