दार्चुला । दार्चुलाको लटिनाथ मावि लेकम गाउँपालिका वडा नम्बर ५ चौपातामा कार्यरत शिक्षक देव सिंह बिष्टको विदाइ गरिएको छ । २०४५ साल भदौ ३ गतेबाट अस्थायी सेवा सुरू गर्नुभएका शिक्षक बिष्टले २०४८ भदौ २५ गतेबाट स्थायी सेवा सुरू गरेर २०८१ माघ २७ गतेबाट (३६ वर्ष शिक्षण) सेवा निवृत्त भएपछि एक कार्यक्रमका बिच विदाइ गरिएको हो।
२०४८ मा ऐडिबाग प्रावि मैखौली (हालको ऐडिबाग मावि) बाट शिक्षण सेवा सुरू गर्नुभएका शिक्षक बिष्टले २०५० माघ २५ गतेसम्म उक्त विद्यालयमा शिक्षण गर्नुभएको थियो । त्यसपछि लटिनाथ प्रावि गोगुनाबिरालीमा २०५६ मङ्सिर २९ गतेसम्म, २०५७ जेठ १५ सम्म भगवती प्रावि पिड अम्कुरमा शिक्षण गर्नुभएका शिक्षक बिष्टले २०५७ सालदेखी २०८१ माघ २७ गतेसम्म लटिनाथ मावि चौपातामा शिक्षण गरि प्रावि द्वितीय तहबाट सेवानिबृत्त हुनुभएको हो ।
लटिनाथ मावि चौपाताका सहायक प्रधानाध्यापक मोहनदेब बिष्टको अध्यक्षतामा आयोजित विदाइ तथा फेरि भेटौँला कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष परमानन्द जोशी, प्रधानाध्यापक केशवराज बिष्ट, रेडियो लोकदर्पणका स्टेसन म्यानेजर लोकेन्द्र प्रसाद जोशी, शिक्षकहरू लगायतको आतिथ्यता रहेको कार्यक्रम सञ्चालक तथा विद्यालयका सहायक प्रधानाध्यापक महेशराज जोशीले बताउनुभयो । कार्यक्रमका वक्ताहरूले कुसल शिक्षक बिष्टको योगदानको प्रशंसा गर्दै सेवा निवृत्त जीवन सफलताको शुभकामना व्यक्त गरेका छन् ।
साथै बिहीबार (आज) लटिनाथ मावि चौपाताका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको समेत विदाइ तथा फेरि भेटौँला कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




