दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाले आधारभुत तह ८ कक्षाको परीक्षा फागुन २५ गतेबाट सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाको वार्षिक परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको फागुन ७ गते बसेको बैठकको निर्णय अनुसार कक्षा ८ को वार्षिक परीक्षा फागुन २५ गतेबाट सञ्चालन गर्ने निर्णय भएको गाउँपालिकाको शिक्षा शाखा अधिकृत राजेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
गाउँपालिकाका १३ वटा विद्यालयको एउटै परीक्षा केन्द्र लटिनाथ माध्यमिक विद्यालय मार्मा ३ रस्कोटमा परीक्षा सञ्चालन हुने उहाँले बताउनुभयो । फागुन २५ गते आइतबार विहान ११ बजेदेखि परीक्षा सञ्चालन हुने छ। फागुन २५ गते अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ।
त्यस्तै फागुन २६ गते नेपाली विषयको, फागुन २७ गते स्वास्थ्य तथा शारीरिक शिक्षा, फागुन २८ गते सामाजिक अध्यन तथा मानव मूल्य मान्यता शिक्षाको परीक्षा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। त्यस्तै चैत्र १ गते गणित विषयको, चैत्र ३ गते विज्ञान तथा प्रविधि विषयको र चैत्र ४ गते मार्माको गौरव विषयको परीक्षा सञ्चालन हुने गाउँपालिकाका शिक्षा अधिकृत जोशीले जानकारी दिनुभयो ।





प्रतिक्रिया