दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ मा अवस्थित मालिकार्जुन माध्यमिक विद्यालय आगरको ६४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष देब सिंह डागाको अध्यक्षता रहेको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य विक्रम धामीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा शैल्यशिखर नगर प्रमुख विजय सिंह धामी, उप–प्रमुख शान्ती खडायत, प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्र बहादुर बिष्ट, वडा नम्बर ४, ५ र ६ का वडा अध्यक्षहरु शिक्षक, विद्यार्थी, अभिभावक लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।
वार्षिकोत्सव समारोहको अवसरमा पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु,पूर्व शिक्षकहरुलाई सम्मानित गरिएको छ । त्यस्तै विद्यालयले वर्ष २०८० को उत्कृष्ट शिक्षकको रुपमा मावि संयोजक एंव सूचना अधिकारी नारायण दत्त भट्टलाई सम्मान गरेको छ । कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक बिरेन्द्र सिंह डागाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उहाँका अनुसार मालिकार्जुन माध्यमिक विद्यालय आगरको कुल आय ९५ लाख ९९ हजार ४२२ रुपैयाँ रहेकोमा ८९ लाख ७९ हजार २४३ रुपैयाँ खर्च भएको छ । त्यस्तै विद्यालयको खातामा हाल ६ लाख २० हजार रुपैयाँ बचत रहेको उहाँले जानकारी दिनुभयो ।
विद्यालयमा विविद् सास्कृतिक कार्यक्रमको आयोजना गर्दै ६४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको प्रध्यानाध्यापक डागाले बताउनुभएको छ ।





प्रतिक्रिया