प्रधानमन्त्री कप क्रिकेट फागुन २५ गतेबाट सञ्चालन हुने

दार्चुला । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन २५ गतेदेखि शुरू हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विज्ञप्ति निकालेर प्रधानमन्त्री कप क्रिकेट फागुन २५ देखि चैत १६ गतेसम्म आयोजना हुने जनाएको हो ।

प्रतियोगिता लुम्बिनी प्रदेशको रुपन्देहीमा रहेको सिद्धार्थ रङ्गशाला र एक्स्ट्राटेक ओभल तथा दाङको लमही क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रधानमन्त्री कप क्रिकेटका सबै खेल पहिलो पटक काठमाडौ बाहिर हुन लागेको हो ।

सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० वटा टोली सहभागी हुनेछन् । सिद्धार्थ रङ्गशालामा फाइनलसहित १० वटा खेल हुनेछ यस्तै एक्स्ट्राटेक ओभलमा १५ र लमहीमा १४ वटा खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?