दार्चुला । सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कैलालीका भोजराज ढुङ्गाना र सचिबमा बैतडीका दिपक राज जोशी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

धनगढीमा भएको सञ्जालको प्रदेश स्तरीय अधिवेसनले १५ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो । समितिको उपाध्यक्षमा बसन्ती सुनार, सहसचिवमा यशोदा मल्ल र कोषाध्यक्षमा कृष्णा चौधरी चयन हुनुभएको छ ।

यस्तै, सदस्यमा महावीर चौधरी, सुनिता राना, मनीषा चौधरी, उषा महर, सम्झना थापा, चेतना जोशी, राधा धामी, पुष्पा भण्डारी र खुशीराम राना चयन भएका जनाइएको छ ।

सञ्जालको दुई दिनसम्म धनगढीमा चलेको अधिवेसनले हिजो बेलुका सर्वसम्मतले कार्यसमिति चयन गरेको थियो

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?