दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा दार्चुला पावर लिमिटेडद्धारा सञ्चालित २८ दशमलव ३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजनाको शिलन्यास गरिएको छ ।
दार्चुला पावर लिमिटेडका सञ्चालक गुरु न्यौपानेको अध्यक्षता एंव प्रतिनिधि सभा सदस्य पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यतामा आयोजनाको शिलन्यास गरिएको हो । आयोजनाको शिलन्यास कार्यक्रममा पूर्वमन्त्री गणेश सिंह ठगुन्ना र प्रतिनिधि सभा सदस्य दिपक बहादुर सिंहको विशिष्ट अतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्यद्धय, विक्रम सिह धामी, मानबहादुर धामी, प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशी, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।
यसपछी मार्मा गाउँपालिका वडा नम्बर ४ मा अवस्थित तपोवन खेल मैदानमा १५ औँ जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्य प्रतियोगिता उद्धघाटनको तयारी भइरहेको छ ।





प्रतिक्रिया