बाजुरामा विवाह भोजमा झडप, एक युवकको मृत्यु

दार्चुला । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ८ मोटाबाडमा विवाहमा आएका युवाहरूबीच दोहोरो झडप हुँदा एक जनाको मृत्यु भएको छ। झडपमा परी बुढीगंगा नगरपालिका वडा नम्बर ९ डुग्रीतोलाका २९ वर्षीय रणबहादुर थापाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलीपकुमार गिरीका अनुसार बिहीवार मध्यराति विवाहको निम्तोमा गएका दुई समुहबीच आगो ताप्ने क्रममा भएको सामान्य विवादमा दोहोरो झडप भएको थियो। झडपका क्रममा बुढीगंगा–७ का युवाहरुको समूहले आक्रमणका क्रममा ओखलमा धान कुट्ने मुसल प्रहार गर्दा थापा गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि अछामको बयालपाटा अस्पताल पुर्याइएको  थियो। तर शुक्रवार उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी गिरीले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?