डिलासैनीमा कार्यपालिका सदस्य शारदा बोहरा सहित २० जना एमाले प्रवेश (नामावलीसहित)

दार्चुला । नेकपा (एमाले) ले चलाएको तीन महिना वडा केन्द्रीत जरा अभियान अन्तर्गत शनिवार डिलासैनी गाउँपालिका स्तरीय अभिमुखिकरण सम्पन्न भएको छ ।

एमाले केन्द्रीय कमिटी सदस्य लिलाधर भट्टको प्रमुख आतिथ्यतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । त्यस्तै कार्यक्रममा सुदूरपश्चिम् प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल लगायत प्रदेश, जिल्ला, पालिका कमिटी तथा जनबर्गिय संगठनका नेताहरुको सहभागीता रहेको जिल्ला कमिटी सदस्य यज्ञ भट्टले जानकारी दिनुभयो ।

डिलासैनी गाउँपालिका वडा नम्बर ४ मठैराजमा सप्पन्न कार्यक्रमबाट कार्यपालिका सदस्य सहित २० जना विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेको उहाँले बताउनुभयो।

एमाले प्रवेश गर्नेहरुमा २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित शारदा बोहरा, स्वतन्त्रबाट वडा सदस्यमा निर्वाचित निर्मला लुहार रहेका छन्। त्यसै गरि कर्ण बहादुर धामी, बिरेन्द्र बहादुर धामी, कर्ण बहादुर बोहरा, सम्भु नाथ, महेश नाथ, प्रेम सिंह धामी , केशव राज जोशी, केशव बहादुर बिष्ट, बिरेन्द्र बहादुर बोहरा, प्रताप सिंह बोहरा, जनक बोहरा, हरीभक्त जोशी, बासुदेब नाथ, रमेश धामी, विर धामी, राजेन्द्र बहादुर कार्की, विर बहादुर नेगी र देब बहादुर नेगी रहेका छन। नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गरिएको एमाले बैतडीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?