दार्चुला । दार्चुलाको १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी छ । मार्मा गाउँपालिका वडा नम्बर ४ तपोवनमा शनिवार उद्घाटन भएको प्रतियोगितामा अहिलेसम्म छ वटा स्वर्णको टुंगो लागेको छ ।
दार्चुलाका नौँ वटै पालिकास्तरीय टिमको सहभागीता रहेको प्रतियोगितामा अहिलेसम्म लङजम्प, सटफुट र १५०० मिटर दौड सम्पन्न भएको छ । छात्ररछात्रा लङजम्प फाइनल हुँदा छात्रातर्फ मार्माका निशा महरा प्रथम, महाकलीका लक्ष्मी भट्ट द्वितीय र लेकमका भुवनेश्वरी गिरी तृतीय भएका छन् ।यस्तै छात्रतर्फ नौगाड (५.९०) अनिल ठगुन्ना प्रथम, लेकमका गजेन्द्र नाथ द्वितीय र शैल्यशिखरका दिपक लुहार तृतीय भएका छन् ।
छात्रातर्फ १५०० मिटर दौडमा चन्द्रावती जोशी, मार्मा प्रथम, पुष्पा जोशी, शैल्यशिखर द्वितीय र सावित्री महता, मार्मा तृतीय भएका छन् । यस्तै छात्रतर्फ १५०० मिटर दौडमा बिनोद टमटा, मालिकार्जुन प्रथम, उमेश कुवँर, मार्मा द्वितीय र दुर्योधन धामी अपिहिमाल तृतीय भएका छन् ।
सटफुट छात्रातर्फ भावना धामी, नौगाड प्रथम, दुर्गा महरा, महाकाली द्वितीय र बसन्ती धामी, मालिकार्जुन तृतीय भएका छन् । सटफुट छात्रतर्फ कैलाश बिष्ट, नौगाड प्रथम, जगदीश बिष्ट, शैल्यशिखर द्वितीय र अनिल गिरी, लेकम तृतीय भएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




