गोकुलेश्वर बहुमुखी क्याम्पसमा नव आगन्तुक विद्यार्थीलाई स्वागत

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा रहेको सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतको गोकुलेश्वर बहुमुखी क्याम्पसमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ।

स्वतन्त्र विद्यार्थी युनियन गोकुलेश्वर बहुमुखी क्याम्पसको आयोजनामा नयाँ सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा अभिनन्दन कार्यक्रम सञ्चालन गरिएको क्याम्पस काविज्ञान संकाय शिक्षण समिति एवं सूचना तथा सञ्चार विभाग प्रमुख प्रेम जोशीले जानकारी दिनुभयो ।

सोमबार (आज) स्ववियुका जेष्ठ पदाधिकारी सुनिल डागाको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा क्याम्पस प्रमुख परमल सिंह महराको प्रमुख आतिथ्यता रहेको थियो ।

नव आगन्तुक विद्यार्थीहरुलाई टिका, खादा, माला सहित क्याम्पसमा स्वागत गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सास्कृतिक प्रस्तुती राखेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?