मालिकार्जुन मावि काँडापारीको ६४औं वार्षिकोत्सब सम्पन्न

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ मा अवस्थित मालिकार्जुन मावि काँडापारीको ६४औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

वडाअध्यक्ष तथा विव्यस अध्यक्ष रामसिंह ठगुन्नाको अध्यक्षतामा उद्घाटन भएको वार्षिकोत्सबमा पूर्वमन्त्री, संविधानसभा सदस्य गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो । शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजयसिंह धामी र उपप्रमुख शान्ति खडायत, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षाप्रेमी बुद्धिजीवी, शिक्षक, अभिभावक, विद्यार्थी लगायत सरोकारवालाहरूको आतिथ्यता र उपस्थिति रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक धनन्जय बिष्टले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक र शैक्षिक प्रस्तुतिका साथै शुभकामना मन्तव्यहरू प्रस्तुत गरिएको स्थानीय हरिश ठगुन्नाले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?