दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ बस्कोट चमेलीया नदी किनारमा एक जना पुरुषको शव फेला परेको छ।
मंगलबार (आज) बिहान लेकम गाउँपालिका वडा नम्बर २ गराडी (दमाई गाउँ) घर भएका ३८ वर्षीय दिपक दमाइ मृत फेला परेका हुन। दमाईको शव नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
अहिले घट्ना स्थलमा प्रहरी टोली पुगेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




