बैतडीको मेलौलीमा होटेलको कोठाभित्र पुरुष मृत फेला

दार्चुला । बैतडीको मेलौली नगरपालिका वडा नम्बर ७ स्थित एक होटेलमा पुरुष मृत अवस्थामा फेला परेका छन्। मृतक मेलौली नगरपालिका वडा नम्बर १ घर भएका अन्दाजी ५०-५५ वर्ष उमेरका तेज सिंह नायक मृत फेला परेको प्रहरीले जनाएको छ।

नायक साही होटेलको १२ नम्बर कोठामा हिजो राति बसेका थिए। बिहान अबेरसम्म कोठाबाट बाहिर नआएपछि होटेल सञ्चालक र मृतककी आमाले खोजतलास गरेका थिए। खोजीका क्रममा नायक कोठाभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिनुभयो ।

घटनापछि मृतककी श्रीमती काठमाडौँ जाँदै गरेको अवस्थामा खबर पाएर अत्तरियाबाट फर्किएको उहाँले बताउनुभयो ।

मृत्युको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। हाल इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमै उपस्थित रही आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?