दार्चुला । बैतडीमा अनेरास्ववियुको संगठन बिस्तार अभियान जारी रहेको छ ।
मंगलवार (आज) जिल्लाका दुइ वटा क्याम्पसहरुमा संगठन बिस्तार गरिएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष दिव्यविर योगीले जानकारी दिनुभयो ।
जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ कुलाउमा अवस्थित नव प्रभात सयुक्त क्याम्पसमा सपना चन्दको अध्यक्षतामा २३ सदस्यीय क्याम्पस कमिटी गठन गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै शिवनाथ गाउँपालिकाको ग्राम प्रकाश बहुमुखी क्याम्पस सर्मालीमा सरिता साउँदको अध्यक्षतामा २१ सदस्यीय क्याम्पस कमिटी गठन गरिएको जिल्ला अध्यक्ष योगीले जानकारी दिनुभएको छ ।






प्रतिक्रिया