दार्चुलामा शैक्षिक गुणस्तर सुधारका लागि समन्वयात्मक गोष्ठी सम्पन्न

दार्चुला । दार्चुलामा शैक्षिक गुणस्तर सुधारका लागि दुइ दिने समन्वयात्मक गोष्ठी सम्पन्न भएको छ ।

शिक्षा विकास निर्देशनालय दिपायल, डोटीको आयोजनामा दार्चुला, बैतडी र बझाङका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख, सामाजिक विकास कार्यालयका प्रमुख, स्थानीय तहहरुका शिक्षा शाखा प्रमुख एंव निर्देशनालयका पदाधिकारीहरुको समन्वयात्मक गोष्ठी बुधवार (आज) गोकुलेश्वरमा सम्पन्न भएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्र बहादुर बिष्टले जानकारी दिनुभयो ।

कार्यक्रममा शैक्षिक क्षेत्र सुधारका लागि गरिएका असल अभ्यासहरु प्रस्तुत गर्नुका साथै समस्या र समाधानका बिषयमा छलफल गरिएको छ ।

गोष्ठीमा स्थानीय तहहरुले शैक्षिक सुधारका लागि दरवन्दी मिलान, कक्षा ८ र १० को परीक्षालाइ मध्यनजर गर्दै अतिरिक्त कक्षा सञ्चालन, शैक्षिक गुणस्तर सुधारको लागि कार्यसभा, शैक्षिक मेला, अन्तरक्रिया शिक्षक मिलान तह मिलान लगायतका असल अभ्यासहरु प्रस्तुत गरिएको उहाँले बताउनुभयो । त्यस्तै जनशक्ति अभावमा विद्यालयहरुको सुपरीवेक्षणको अभाव भइरहेको, शिक्षण सस्थाहरुलाई राजनिति रहित बनाउनुपर्ने, थप अतिरिक्त कक्षाहरु सञ्चालन गर्नुपर्ने, अतिरिक्त शिक्षकहरुको व्यवस्थापन गर्नुपर्ने, शिक्षकहरुलाई तालिमको व्यवस्थापन गर्नुपर्ने लगायतका सुझावहरु प्राप्त भएको प्रशासकीय अधिकृत बिष्टले बताउनुभयो ।

शिक्षा विकास निर्देशनालयका महानिर्देशक दुर्गादत्त बिष्टको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा निर्देशनालयका उप–सचिव पदम राज जोशीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै गोष्ठीमा शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका प्रमुख जयराज पन्त, बैतडीका नरेन्द्र प्रशाद अवस्थी र बझाङका प्रमुख शुरेन्द्र बहादुर कठायत, सामाजिक विकास कार्यालय दार्चुलाका कार्यालय प्रमुख रामचन्द्र ओझा, बैतडीका शंकर दत्त जोशी र बझाङका प्रमुख प्रयाग राज जोशी लगायत सरोकारवालाहरुको उपस्थिति एंव आतिथ्यता रहेको थियो ।

कार्यक्रममा शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्र बहादुर बिष्टले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?