डिलासैनीको हरिनगरमा कृषि प्रदर्शनी मेला

दार्चुला । शिवरात्रि मेलाको अवसरमा बैतडीको डिलासैनी हरिनगरमा कृषि प्रदर्शनी मेलाको आयोजना गरिएको छ ।

डिलासैनी गाउँपालिकाको आयोजनामा दोस्रो कृषि प्रदर्शनी मेलाको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष शन्तोष प्रकाश जोशीको अध्यक्षता एंव सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पालको प्रमुख आतिथ्यतामा कृषि प्रदर्शनी मेलाको उद्धघाटन गरिएको डिलासैनी गाउँपालिका प्रवक्ता यज्ञ राज भट्टले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेशमा पूर्वमन्त्री शिवराज भट्ट, बैतडीका प्रमुख जिल्ला अधिकारी शिवराज भट्ट, सुरक्षा निकायका प्रमुख स्थानीय सञ्चारकर्मी लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो । कृषि प्रदर्शनी मेलामा गाउँपालिकाका किसानहरुले फलाएका विभिन्न कृषि साम्रगीहरु प्रदर्शनीको लागि राखिएका छन् ।

यसैबिच सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पालले हरिनगर पुल्चोक बाटोको अवलोकन समेत गर्नुभएको छ । विभिन्न बस्तीबाट विद्यालय आवतजावत गर्न समेत प्रयोग हुने उक्त बाटो लगत्तै निर्माण गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?