दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ४ मा अवस्थित तपोवन खेलमैदानमा सम्पन्न १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी महाकाली नगरपालिकाले जितेको छ । महाकाली नगरपालिका १३ स्वर्ण ११ रजत र ८ कास्य गरी ३२ पदक सहित प्रथम भएको छ ।
फागुन १० गतेबाट सञ्चालन भएको प्रतियोगितामा ११ स्वर्ण ११ रजत र १६ कास्य गरी कुल ३८ पदक सहित मार्मा गाउँपालिका उप–विजेता (द्वितीय) बनेको छ । त्यस्तै प्रतियोगितामा ६ स्वर्ण, ५ रजत र ४ कास्य गरी १५ पदक सहित नौगाड गाउँपालिका तृतीय भएको छ ।
प्रतियोगितामा शैल्यशिखर नगरपालिकाले ४ स्वर्ण ५ रजत र १० कास्य गरी १९ पदक प्राप्त गरेको छ । मालिकार्जुन गाउँपालिकाले ४ स्वर्ण, ३ रजत र ५ कास्य सहित १२ पदक पाप्त गर्दा अपिहिमाल गाउँपालिकाले ३ स्वर्ण, १ रजत र १ कास्य गरी कुल ५ पदक प्राप्त गरेको छ ।
लेकम गाउँपालिकाले २ स्वर्ण, ५ रजत र ११ कास्य गरी कुल १८ पदक प्राप्त गरेको छ । दुहुँ गाउँपालिकाले १ रजत र २ कास्य गरी ३ पदक प्राप्त गरेको छ भने व्याँस गाउँपालिकाले १ कास्य पदक प्राप्त गरेको छ ।
विस्तृत जानकारीका लागि विधागतरूपमा
कराते तर्फ विभिन्न उमेर र तौल समुह अन्तरगतका खेलहरुमा महाकाली नगरपालिकाले १० स्वर्ण ५ कास्य र ५ रजत गरि करातेका २० पदक जितेको छ। करातेमै मार्मा गाउँपालिकाले २ स्वर्ण, ४ रजत र ७ कास्य पदक, लेकम गाउँपालिकाको करातेमा २ रजत र ४ कास्य पदक, शैल्यशिखर नगरपालिकाको १ रजत र ७ कास्य पदक र मालिकार्जुन गाउँपालिकाले १ कास्य पदक जितेको छ। करातेमा बलियो भएकै कारण महाकालीलाई राष्ट्रपति रनिङ शिल्डको उपाधी जित्न सहज भएको छ ।
एथलेटिक्सका खेलहरूमा
एथलेटिक्समा मार्मा गाउँपालिकाले ७ स्वर्ण ५ रजत र ८ कास्य पदकसहित प्रथम, नाैगाड गाउँपालिकाले ५ स्वर्ण ५ रजत ४ कास्य पदकसहित द्वितीय, मालिकार्जुन गाउँपालिकाले ४ स्वर्ण ३ रजत ३ कास्य पदकसहित तृतीय स्थान प्राप्त गरेको छ । शैल्यशिखर नगरपालिकाले ३ स्वर्ण ४ रजत ३ कास्य पदक, अपिहिमाल गाउँपालिकाले ३ स्वर्ण १ रजत १ कास्य पदक, महाकाली नगरपालिकाले २ स्वर्ण ४ रजत २ कास्य पदक, लेकम गाउँपालिकाले २ स्वर्ण ३ रजत ६ कास्य पदक, दुहुँ गाउँपालिकाले १ रजत पदक प्राप्त गरेको छ ।
भलिबल छात्रातर्फ:- नौगाड प्रथम, मार्मा द्वितीय, महाकाली र मालिकार्जुन तृतीय भएका छन् । भलिबल छात्रतर्फ:- शैल्यशिखर प्रथम, लेकम द्वितीय, मार्मा र दुहुँ तृतीय भएका छन् ।
कबड्डी छात्रातर्फ मार्मा प्रथम, महाकाली द्वितीय, लेकम र दुहुँ तृतीय भएका छन् । कबड्डी छात्रतर्फ महाकाली प्रथम, मार्मा द्वितीय, व्याँस र लेकम तृतीय भएका छन् ।
प्रतियोगिताको समापन समारोहमा पदकसहित सम्मानपत्र तथा पुरस्कार वितरण गरिएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




