दार्चुला । नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको १८औं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीका अध्यक्ष प्रेमराज भट्टको अध्यक्षतामा रहेको कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।त्यस्तै कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय अध्यक्ष विष्णु भण्डारी लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।
अधिवेशनमा गुकुलेश्वर कृषि तथा पशुपंक्षी क्याम्पसका क्याम्पस प्रमुख प्रमानन्द जोशीसहित शिक्षकहरू संगठनमा प्रवेश गरेका छन्। नेकपा (एमाले) जिल्ला कमिटी सदस्य नरेन्द्र नाथका अनुसार, जोशीसहित आदर्श मावि सेल्तडाका प्रधानाध्यापक केशब बहादुर राना, शिक्ष केन्द्र माविका शिक्षकलगायतका शिक्षकमण्डल संगठनमा आबद्ध भएका छन्। उनीहरूलाई नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष विष्णु भण्डारीले खादा सहित संगठनमा स्वागत गर्नुभएको छ ।
अधिवेशनले संगठनको नयाँ जिल्ला कमिटी समेत चयन गरेको छ। नवनिर्वाचित अध्यक्षमा प्रमानन्द भट्ट चयन भएका छन् भने उपाध्यक्षमा प्रकाश राम लुहार, महिला उपाध्यक्षमा हिरा भट्ट, सचिवमा वीर बहादुर चन्द, कोषाध्यक्षमा पदम सिंह धानुक, सह(कोषाध्यक्षमा रेखा कुँवर, सहसचिवमा ममता विष्ट लगायत अन्य सदस्यहरू चयन भएका छन्। कुल २५ सदस्यीय नयाँ जिल्ला कमिटी गठन गरिएको अध्यक्ष प्रमानन्द भट्टले जानकारी दिनुभयो ।





प्रतिक्रिया